रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट

  कार्तिक १७, २०८०

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १७ । तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ ।

शुक्रबार बिहान ८ बजे रामेछाप विमानस्थलमा तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो । कुटाकुटको कारण भने खुलेको छैन् ।

रामेछाप विमानस्थल प्रमुख अशोक थापाले घटना बारे बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा भएको हो ।

उनीहरुबीच व्यक्तिगत रिसइबीका झगडा भएको हुनसक्ने बताइएको छ । घटनाका बारेमा नागरिक उड्ययन प्राधिकरणले छानबिन गर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर