मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १४ । बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्यारा गुण्डानाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेललको निर्णयविरुद्धको रिट हेर्दाहेर्दैमा रहेको छ ।
चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा दायर गरेको रिट आज हेर्दाहेर्दैमा रहेको हो । रिटको भोलि पुनस् सुनुवाई हुनेछ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासमा मुद्वाको सुनुवाई भएको हो । भोलि पनि यही इजलासमा सुनुवाई जारी रहनेछ ।