मिडियाबाजी डटकम काठमाडौं, कार्तिक ३ । सरकारले गाजाको एक अस्पतालमा बुधबार निर्दोष नागरिकको हत्या भएकामा स्तब्ध भएको जनाउँदै त्यसको निन्दा गरेको छ । साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।