मिडियाबाजी डटकम काठमाडौं, कार्तिक १ । एनएमबी बैंकले दुई करोड अमेरिकी डलर ऋण प्राप्त गरेको छ ।
बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।
बैंक र एफमओबीचको यस साझेदारीमा एफएमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको बैंकले जनाएको छ । यस्तै बाँकी रकम साना तथा मझौला उद्यम विकास र प्रवर्द्धनका लागि प्राप्त भएको हो ।
बैंकले हाल २०१ शखाहरूमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।