सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी !

  असोज २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २९ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ ।
दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । दार्चुलामा हावाहुरीसहित असिना पानी परेको थियो ।

बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुर्याएको छ । कर्णाली प्रदेशमा पर्ने दैलेखको ठाटिकाँध ४ गैरागाउँमा पनि धान र कोदोमा असिना पानीले क्षति पुर्याएको फोटो सामाजिक सन्जालमा देखिन्छ । दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो । पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ ।

पशुचौपायाका लागि फागलाहरुमा काटेर सुकाइएको खर पनि भिजेर नष्ट हुँदा किसान चिन्तित बनेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागलाको घाँस काटेर सुकाउने गरिन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर