मिडियाबाजी डटकम काठमाडौं,आश्विन २७ । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी सुरक्षित रहेका मनाङ एअरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरमार्फत राजधानीको ह्याम्स हस्पिटल ल्याउन लुक्ला पुर्याइएको छ ।