उपराष्ट्रपति यादव अस्पताल भर्ना

  असोज २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २५ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन्। निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उपराष्ट्रपति यादवको उपचार विदेश विष्ट र निजी चिकित्सक शिवजी लम्सालसहितको टोलीले गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर