रिगल’को कैद माफी विरुद्ध दर्ता भएको रिटमा आज सुनुवाइ हुँदै

  असोज २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २५ । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमा बिहीबार सुनुवाइ हुँदैछ ।
कैद माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् ।

सर्वोच्चले असोज १८ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गरेको थियो। सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयलाई गम्भीर रूपमा लिँदै यस मुद्दाको पेसी स्थगित नहुने ‍जनाएको थियो । यसभन्दा अगाडि उक्त रिटमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ भने भएको थिएन । रिगललाई आममाफी दिएको भन्दै राष्ट्रपति पौडेलको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर