विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज इजरायल जाँदै

  असोज २४, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २४ । सरकारले नेपाली विद्यार्थीको उद्धारका लागि बुधबार द्वन्द्वग्रस्त इजरायलमा विमान पठाउने भएको छ ।
गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि वायुसेवा निगमको जहाज त्यसतर्फ जान लागेको हो ।

नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर