मानव अधिकारवादीद्धारा राष्ट्रपति भवन अगाडि प्रदर्शन, १३ जना पक्राउ

  असोज २२, २०८०

मिडियाबाजी डटकम काठमाडौं,आश्विन २२। संविधधान दिवसका दिन कैदीबन्दीलाई दिइएको आम माफीको विरोधमा मानव अधिकारवादीले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा आज राष्ट्पति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

मानव अधिकारवादी समूहको उक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि मानव अधिकारवादी समूहका अगुवा कृष्ण पहाडीसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु आक्रोशित हुँदै निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ । प्रदर्शनमा नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहेको थियो । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले हत्या अभियोगमा आजीवन जेल सजाय पाएका ‘रिगल’ भनिने योगराज ढकाल लगायतलाई दिएका सजाय माफीको विषय निकै विवादित बनिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर