मिडियाबाजी डटकम काठमाडौँ, आश्विन १८ । धनगढीबाट खाद्यान्न बोकेर गएको मिनीट्र्क बिहीबार बिहान दार्चुलामा दुर्घटना भएको हो ।
प्रहरी स्रोतका अनुसार दुहु गाउँपालिकाको वडा नम्बर २ तर्फ गैरहेको से १ ख १२५२ नम्बरको ट्रक सडकबाट करिब २५० मिटर तल राताकाठा भिरमा खसेको छ । यस्तै दुर्घटनामा एकजनाको निधन भएको बताउँदै थप विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ। ट्रकमा चामलसहितका सामान लगिदै थियो। सवारी चालक भने फरार छन् ।