माफी मिनाहा पाएपछि छुटे टीकापुर हत्याकाण्डका तीन कैदी, नाउपाले गर्‍यो अबिरजात्रा

  असोज ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असोज ३ ।  टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना संविधान दिवसका दिन (बुधबार) रिहा भएका छन् । संविधान दिवसका अवसरमा कैद माफी पाएपछि टीकापुर हत्याकाण्ड कसुरमा जेल जीवन बिताइरहेका तीन जना छुटेका हुन् । कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भएका छन् । तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा भएका हुन । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर