चोरीको १ करोड रुपैयाँसहित भारतमा नौ जना नेपाली पक्राउ

  भदौ २८, २०८०

मिडियाबाजी डटकम काठमाडौं, भाद्र २८ । भारतमा चोरीको रकमसहित नौ जना नेपाली पक्राउ परेका छन् । भारतमा १ करोड रकम चोरी गरेर नेपाल छिर्ने क्रममा भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको पहिचान भारतीय प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेका बताइएको छ । उनीहरूले सोमबार राति दिल्लीमा चोरी गरेका बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर