मिडियाबाजी डटकम काठमाडौं, भाद्र ६ । एनएमबि बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरू प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।
बैङ्कले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको छ । बैङ्कले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ ।
एनएमबि बैङ्क विगत २७ वर्षदेखि अनवरत रूपमा बैङ्किङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैङ्क दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैङ्कको उपाधी ‘बैङ्क अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैङ्क हो ।