सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  असार २५, २०८०

मिडियाबाजी डटकम काठमाडौं,असार २५ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ ।

योसँगै सोमबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ । आइतबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर