सेयर बजारमा ५२.२६ अंकको वृद्धि

  असार ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, असार ३ । सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ । यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर