राष्ट्रिय योजना आयोगले पायो पूर्णता

  जेठ २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २१ ।  राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा। मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन् । सोमबार आयोजित सपथ समारोहमा आयोगका सदस्यहरु तथा सदस्य सचिव केवल प्रसाद भण्डारीको उपस्थिति थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर