‘गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भयो’ : प्रधानमन्त्री दाहाल

  जेठ ०६, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताएका छन् ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने उनको भनाइ छ । शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बैठक बस्दा अनावश्यक शंका उत्पन्न भएको टिप्पणी गरेका थिए ।

शीर्ष नेताहरुको छलफलमा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो की भन्ने शंका गर्ने गरिएको भन्दै उनले आफूहरु सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नविरुद्ध एकजुट हुनका लागि बसेको दावी गरे । उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर