भोलि संसदमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

  जेठ ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरूबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर