राप्रपा केन्द्रीय समिति आज पनि बस्दै, केन्द्रीय सदस्यलाई जवाफ दिइने

  जेठ ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेठ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिइँदैछ ।

अध्यक्ष लिङ्देनले पेश गरेको राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रीय सदस्यहरुले राखेको धारणाको जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए। हिजोको बैठक ९ घन्टासम्म चलेको थियो भने सबै केन्द्रीय सदस्यहरुले ३(३ मिनेटमा आफ्नो धारणा राखेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर