आजको शेयर बजार : नेप्से ४.२७ अंकले घट्यो, ६९ करोड २२ लाखको कारोबार

  बैशाख १९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १९ ।  साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३५७.०२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा हिमालयन डिस्टिलरीको अग्रिम स्थानमा छ । यसको आज २ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश नेपाल दूरसंचार कम्पनी र शिभम् सिमेन्टको कारोबार भएको छ । आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर