संसदीय समिति गठनका लागी भोलिसम्म नाम पठाउन सभामुखको आग्रह

  बैशाख १३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, वैशाख १३ ।   संसदीय सुनुवाइलगायतका विषयगत समिति गठनमा ढिलाइ हुने भएको छ । प्रमुख तीन दलले सांसदहरूको नाम नपठाएपछि संसदीय सुनुवाइलगायतका समिति गठनमा ढिलाइ हुने भएको हो ।

आज तीन बजे डाकिएको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची थियो । संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरूले आफ्ना प्रतिनिधिको नाम दिएनन् । सभामुख देवराज घिमिरेले भोलि बिहीबारसम्म नाम दिन आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर