ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता तथा सांसद पद खारेज

  चैत ३०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र ३० ।  राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ ।

दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिसअनुसार पार्टी विधानको धारा ५६ ९४० बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर