सांसद श्रेष्ठका बारेमा निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो

  चैत २९, २०७९

मिडियाबाजी डटकम काठमाडौं, चैत्र २९ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक सरेको छ ।

सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर