आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आग्रह, समस्या समाधानको प्रयास हुने

  फागुन ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, फागुन २ । सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा आउन आग्रह गरेको छ । आज दुई पक्षबीच वार्ता हुने विश्वास गरिएको छ । आजै बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए ।

ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार दिनभरी काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीको गाडीमा तोडफोड र आगजनी गरेका थिए । माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काइदिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर