नागरिकता विधेयक अगाडि बढाउन तयारी थाल्दै सरकार

  माघ २३, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ २३ । सरकारले नागरिकता लगायतका विधेयक अगाडि बढाउने तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर विधेयकका सन्दर्भमा छलफल गरेका हुन् ।

नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

नागरिकता, विकास, सुशासन, सङ्क्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, लगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रातोपाटीलाई बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर