मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । मानव बेचबिखनमा संलग्न झापाका एक जना पक्राउ परेका छन् । झापा दमक नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका र हाल काठमाण्डौं- १४ बस्दै आएका प्रकाश शाही ठकुरी भन्ने ब्यक्ति पक्राउ परेका हुन् । उनलाई प्रहरीले चावहिलबाट पक्राउ गरेको हो ।
उनको बारेमा थप अनुसन्धान भइरहेको मानब बेचबिखन ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी एसपी दान बहादुर मल्लले मिडियाबाजी डटकमलाई जानकारी दिएका छन्।
