मिडियाबाजी डटकम काठमाडौं, माघ १२ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो । निर्वाचनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।
चुनावको प्रारम्भिक समीक्षा, केन्द्रीय समिति बैठक आह्वान र जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा सहभागी हुन स्थायी कमिटीका नेताहरु पेरिसडाँडा पुगिसकेका छन् ।