प्रतिनिधि सभा बैठक बस्दै, कस्ता छन् सम्भाबित कार्यसूचीहरु ?

  माघ १०, २०७९

मिडियाबाजी डटकम काठमाडौं, माघ १० । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो । आजको प्रतिनिधि सभा बैठकमा दुईवटा सम्भावित कार्यसूची तय गरिएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।

घिमिरे गत बिहीबार नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका थिए । उनी १६७ मतका साथ सभामुखमा निर्वाचित भएका थिए । घिमिरेको विपक्षमा १ सय खसेको थियो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एकजना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए । त्यस्तै, शनिबार भएको निर्वाचनमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भइन् । उनी १६६ मतका साथ उपसभामुखमा चयन भएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

थप खबर