मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई शपथ दिलाएकी हुन् ।
घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार बनेका थिए । उनको पक्षमा १६८ जनाले मत दिँदा विपक्षमा १०० मत परेको थियो । घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।