कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने

  माघ ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ६ । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ । संसदीय दलको कार्यसमिति बैठकमा यादवको नाम उपसभामुखका लागि तय भएको कांग्रेसले जनायो । यद्यपि यसको औपचारिक निर्णय भने भइसकेको छैन । कार्यसमितिको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले २ बजेभित्र उपसभामुखको उम्मेदवार टुंगो लाग्ने बताएका थिए । अरु दलसँग छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारीसमेत रहेको लेखकले बताएका थिए ।

मुक्ता कांग्रेसकी केन्द्रीय सदस्यसमेत हुन्। उपसभामुखमा सत्तारुढ दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले उम्मेदवारी दिँदैछिन्। दिउँसो १ बजेबाट उपसभामुखको मनोनयन शुरु हुँदैछ । कांग्रेस सभामुखमा ईश्वरी न्यौपानेलाई प्रतिस्पर्धामा उतारेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर