मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् । आज भएको सभामुख पदको निर्वाचनमा एमालेका सांसद् देवराज घिमिरे निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसकी उम्मेदवार इश्वीरीदेवी न्यौपानेलाइ पराजित गरे । घिमिरेले १६७ मत पाउँदा न्यौपानेले १०० मत प्राप्त गरिन् । एक भने तटस्थमा रह्यो ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । न्यौपानेलाइ नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।