मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । नेकपा एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ । आज १ बजे घिमिरेको उम्मेदवारी दर्ता हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए । अहिले अध्यक्षबाट घिमिरेलाई बनाउने खबर आयो, उनले भने, आज १ बजे उम्मेदवारी दर्ता हुन्छ। २०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा(२ बाट निर्वाचित भएका हुन् । उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज समेत हुन् । नेकपा एमालेमा घिमिरे कमैमात्र अवसर पाएका नेताका रूपमा चिनिन्छन् ।
ताप्लेजुङमा जन्मिएका घिमिरे निम्न मध्यम वर्गिय परिवारमा हुर्किएका हुन् । ताप्लेजुङबाट झापामा बसाइसराइ गरेको घिमिरे परिवार अहिले पनि बिर्तामोडमा भाडाको घरमा बस्दै आएको छ । उनको बुवा आमाबाट जन्मिएका १२ छोराछोरीमध्ये घिमिरे माइलो हुन्। घिमिरेकी श्रीमती टीकादेवी बस्नेत भने रिटार्यड शिक्षिका हुन् ।