डा श्रेष्ठ दम्पतीको निधनको शोकमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द

  माघ ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ २ । अर्थोपेडिक सर्जन डा। शुसिल श्रेष्ठ, उनका श्रीमती डा। सोना दिवाकर र छोराको निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ ।

सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको सम्झनामा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ । सेन्टरमा कार्यरत डा। श्रेष्ठ दम्पती र उनका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दूर्घटनामा परी निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर