मिडियाबाजी डटकम काठमाडौं,माघ २ । अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि जनकपुरधामका होटेल तथा लज भरिभराउ छन् । भारतको विभिन्न स्थानबाट दर्जर्नौ गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटेल र लजहरू भरिभराउ भएका हुन् । मधेस प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ । आठवटा जिल्ला रहेको मधेस प्रदेशमा आर्थिक वर्ष २०७८र०७९ मा २० हजार ७ सय ३३ जना आएका छन् । नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुलनामा यस वर्ष २५४।५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७र०७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८ सय ४७ मात्र रहेको थियो। गत वर्ष ५७।३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो। समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा कोभिड—१९ को असर कम हुनु हो । त्यतिबेला पर्यटक आगमन ठप्प रहेकोमा सोको कोभिडको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।