मिडियाबाजी डटकम काठमाडौं,माघ २ । आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये चार जना अझै बेपत्ता छन् । आइतबार साँझसम्म गरिएको खोजीमा ६८ जनाको शव फेला परेका थिए । रातको समयमा उद्धार गर्न नसकिएकाले सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ। उनीहरुको खोजीका लागि सशस्त्रको १५ जना गोताखोरको टोली खटिएको छ ।
यस्तै पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ ।
काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी गरिएको छ । उक्त एअरलाइन्समा ७२ जना सवार थिए । जसमा १५ जना विदेशी यात्रु थिए भने ५३ जना नेपाली र चार जना चालक दलका सदस्य सवार थिए ।