पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश : ‘राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुनु आबश्यक छ’

  पुष २७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २७ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण नारायण शाह सरकारको ३०१ औ जन्मजयन्तीको अवसरमा शुभकामनाका साथै संदेश दिएका छन् । 
उनले यस अवसरमा सदैश दिँदै  छिन्न भिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिंगो र सवल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय रहने बताएका छन् । 

‘सन्देशमा उनले नेपाली परनिर्भर बन्दै गएको प्रति चिन्ता पनि व्यक्त गरेका छन् ।’वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुदै गएका छौं। राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौं- देश आफ्नै बाहुबलमा अघि बढोस, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस, सबै यत्न( प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रकृयाबाट अघि बढोस्।’ सन्देशमा भनेका छन् । 

उनले  हालको शासन प्रणालीले सेवा र सुरक्षा दिन नसकेको प्रति लक्षित गदै प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन नसक्ने उल्लेख गेका छन् । उनी भन्छन्, ‘राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौं। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन ।’

उनले राज्य पद्धति र प्रणाली पुनरावलोकन हुन आवश्यक रहेको पनि औल्याएका छन्।  ‘विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति आलमलिएको छ। त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुनु आवस्यक देखिन्छ।’ उनका सन्देशमा छ । 

सन्देशमा अगाडी भनिएको छ, ‘ नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लव हुदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ। हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौशुफले दर्शाइवक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविस्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौं। राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो। राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाहवंशीय राजसंस्था कहिले चुकेको छैन। हरेकका आ-आफ्ना राष्ट्रिय अवधारणा, अनुभुति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौं।’

तपाईंको प्रतिक्रिया

थप खबर