अब माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सोही दिन सभामुखको निर्वाचन पनि हुने

  पुष २६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट बहुमतले विश्वासको मत पाएसँगै संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठक आगामी ५ गते बिहीबार ११ गते बस्ने जानकारी दिएका हुन् । साथै, उक्त दिन सभामुखको चुनाव पनि हुने भएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले मंगलबार चुनावको मिति घोषणा गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर