मिडियाबाजी डटकम काठमाडौं,पौष २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरे महाभुल हुने बताएका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रचण्डलाई विश्वासको मत दिन नहुने बताए ।
निर्वाचनअगाडि कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धन भुल हुन्छ भनेको थिएँ’, महरले सामाजिक सञ्जालमा भनेका छन्, ‘ आज फेरि भन्छु । सरकारलाई कांग्रेसले समर्थन गर्नु भनेको महाभुल हुनेछ ।’ उनले संसदीय व्यवस्थाभित्र रहेको पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पार्टीका पदाधिकारी र सांसदलाई आग्रह गरेका छन् । बाँकी समीक्षा केन्द्रीय समितिको बैठकमा हुने उनको भनाइ छ ।
उनी लेख्छन्, ुनिर्बाचन अगाडी काँग्रेस केन्द्रीय समितिको वैठकमा मैले “गठवन्धन भुल हुन्छ ” भनेको थिए । आज फेरी भन्दछु । सरकारलाई काँग्रेसले समर्थन गर्नु ” भनेको महाभुल हुनेछ । संसदीय ब्यबस्था भित्र रहेको “पक्ष” र “प्रतिपक्ष ” को संबैधानीक प्रावधानको समेत सम्मान गर्न निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरु र काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित माननीय ज्युहरुमा अनुरोध गर्दछु । बाँकी समिक्षा त २८ गते बस्ने केन्द्रीय समितिको वैठकमा हुने नै छ ।