राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने

  पुष २५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २५ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा मंगलबार सरकारलाई विश्वासको मत दिने र अन्य दललाई पनि मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए। बैठकमा विश्वासको मत दिनुको विकल्प नभएको बताइएको छ ।

परियारले संसदको अध्यक्ष मण्डलमा डा। चन्दा कार्कीलाई सिफारिस गरेको जानकारी दिए । बैठकमा गृहमन्त्री एवम् सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर