जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति

  पुष २४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । यसपटक प्रतिनिधि सभामा आएका नयाँ दुई दलले मोर्चाबन्दी गरेर अगाडी बढ्ने सहमति गरेका छन् । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

दुई दलको सहमतिमा टीकापुर घटनाका बन्दी लगाउत रेशम चौधरीको रिहाइ, यसअघि सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जनमत पार्टी र नागरिक उन्मुक्तिका आस्थाका बन्दी रिहाईको माग,सँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर