मिडियाबाजी डटकम काठमाडौं,पौष २२ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदल बैठक सुरु भएको छ । अर्थ मन्त्रालयमा जारी बैठकमा न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने कार्य भइरहेको छ । न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा,सेवा प्रवाह चूस्तदुरुस्त,मलका विषयलगायतका कार्यक्रमहरु समावेश गरिएको छ । जसअन्तर्गत् धेरै घुँइचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरीकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रम लगायत प्राथमिकतामा राखिएको छ ।
सुशासन,राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार,समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका एजेन्डालाई सरकारको प्राथमिकताका कार्यक्रममा समेटिएको छ । यस्तै,महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि यो सरकारको प्राथमिकतामा परेको छ । नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने,भ्रष्टाचार नियन्त्रण,जनजीविकाका सवाल केन्द्रमा राखेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सत्ता साझेदार दलहरूको छ ।