२७ पुसभित्र सरकार बनाउन लुम्बिनी प्रदेश प्रमुखको आह्वान

  पुष २१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २१ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर