कार्यालय समय बढाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

  पुष २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २० । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले चार बजेसम्म हुँदै आएको यातायात व्यवस्था विभागको कामलाई पाँच बजेसम्म पुर्‍याउन निर्देशन दिएका छन् । मंगलबार काठमाडौं उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयहरूको अनुगमन गर्दै उनले कार्यालय प्रमुखहरूलाई नयाँ लाइसेन्स प्रक्रिया छिटो–छरितो प्रक्रियाबाट गर्न निर्देशन दिएका हुन् ।

कार्यालयमा बिचौलियाहरूको बिगबिगी भएको गुनासो आएको छ ।’ समग्रमा बिचौलियाको अन्त्य र बिचौलियाको चलखेल बन्द गर्नसमेत उनले कडा निर्देशन दिएका छन् । गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिँदै श्रेष्ठले कुनै सेवा–सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए जानकारी दिन निर्देशन दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर