मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोवाइल फोनको समस्यावारे तत्काल छानविन गर्न निर्देशन दिएका छन् । उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउने निर्देशन उनको रहेको छ ।
‘विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ ।