नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

  पुष १९, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष १९ । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको भनेर आफन्तले जानकारी दिएपछि उनलाई पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर