मधेस प्रदेश सभाको बैठक १८ पुसमा आह्वान

  पुष १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १५। मधेस प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा आह्वान गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १८ पुस १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताए । त्यसैगरी, बिहीबार नै प्रदेश प्रमुख मिश्रले प्रदेश सभामा ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादी पार्टीका सांसद गोविन्दबहादुर न्यौपानेलाई पद तथा गोपनीयताका शपथ गराएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर