आजको मौसम कस्तो रहला ?

  पुष १५, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १५।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर