मिडियाबाजी डटकम काठमाडौं, पौष १२ । भारत सरकारले थप दुई वटा नेपाली आयोजनाको बिजुली निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले २४.२५ मेगावाटको काबेली-बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आइएक्सको डे-अहेड बजारमा करिब ४५२ मेगावाट बबराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले चरणबद्ध रुपमा थप आयोजनाहरुलाई अनुमति दिइरहेको बताए । नदीको सहत घटेका कारण ततकाल भारतमा बिजुली निर्यात गर्न नसकिएपनि आगामी वषरयामका लागि यो अनुमतिले उत्साह थपेको उनको भनाइ छ ।