आजदेखि राजनीतिक दलहरूले चुनावी र्‍याली ,आमसभा तथा प्रचारप्रसार गर्न पाउने

  कार्तिक १७, २०७९

मिडियाबाजी डटकम काठमाडौं, कार्तिक १७ । राजनीतिक दल तथा उमेदवारहरूले आजदेखि मंसिर १ गतेसम्म चुनावी र्‍याली , आमसभा तथा प्रचारप्रसार गर्न पाउने भएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार जुलुस, आमसभा, कोणसभा गर्न पाउँनेछन् ।जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेकोसमेत आयोगले प्रष्ट पारेको छ ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

थप खबर